Comments Add Comment

माओवादी कार्यकर्ता पेस्तोलसहित पक्राउ

१६ साउन, दाङ । दाङमा प्रहरीले अत्याधुनिक पेस्तोलसहित नेकपा-माओवादीको कार्यकर्तालाई पक्राउ गरेको छ ।

रोल्पा इरिबाङ ५ स्थायी घर भई दाङ तुलसिपुर १० हरियाबाँस बस्ने २५ बर्षका केसर डिसीलाई अमेरीकामा बनेको अटोमेटिक एक थान पेस्तोल र गोलीको खोका सहित घोराही ११ झिगौराबाट प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयको विषेश अप्रेशन टोलिले हतियार किन्ने भनि ग्राहक बनेर डिसीलाई नियन्त्रणमा लिएको निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए । बरामद गरिएको हतियार द्वन्द्वकालमा प्रयोग भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका डिसीले आफू मानसिक रोकी रहेको र उपचार खर्च जुटाउन हतियार बेच्ने भनि घोराही आएको बताएका छन् । द्वन्द्वकालमा लडाकूले आफ्नो घरमा हतियार राखेको हतियार अहिले बेच्न खोजेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment