Comments Add Comment

७४ किलो चाँदीसहित चार पक्राउ

१६ साउन, धनुषा । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट धनुषाले शुक्रबार ७४ केजी सात सय सत्तरी ग्राम चाँदीसहित चार जनालाई पक्राउ गरेको छ । बरामद चाँदीको मूल्य करीब ५३ लाख छ ।

पक्राउ पर्नेहरुमा धनुषा रम्दैमा-१ का ३० वर्षीय दीलकुमार साहा, जनकपुर-१६ कपिलेश्वर का २८ वर्षीय उमेश यादव तथा भारतको दरभङ्गा छतरीया का रोशनकुमार साहा र प्रकाश गुप्ता छन् ।

साह र गुप्तालाई एपीएफ टोलीले लगमा गाविस ९ स्थित सीमावर्ती इलाकाबाट पक्राउ गरेको हो । उनीहरुले अवैध रुपमा चाँदी चोरीनिकासी गरी भारततर्फ लैजान लागेको भन्ने जानकारी पाएपछि एपीएफ टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

सोधपुछ गर्दा अन्य दुई जनाले नगराईन गाविस इलाकाबाट चोरी निकासी गरी भारततर्फ चाँदी लैजान लागेको बताएपछि एपीएफ टोली परिचालन गरी दीलकुमार साहा र उमेश यादवलाई समेत पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा बुझाएको छ । सानोसानो दाना आकारको चाँदीलाई प्लाष्टिकको प्याकेटमा हालेर त्यो प्याकेटलाई कम्बरदेखि कुमसम्मको कपडाको मालामा फिट गरेर बाहिरबाट सर्ट लगाएर चोरी निकासी गर्न लागेको अवस्थामा एपीएफ टोलीले पक्राउ गरेको हो । दुवै ठाउँमा गरी ३२ प्याकेट चाँदी एपीएफ टोलीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment