Comments Add Comment

उद्धारमा गएका पाइलटको अनुभवः यस्तो विपत्ति कहिल्यै देखेको थिइँन (फोटो फिचरसहित)

BhotekoshiFlood  (7)
हेलिकोप्टरको ककपिटबाट देखिएको घटनास्थल

दिपकजंग राणा, फिस्टेल एयरका चालक

विहान आठ बजेको थियो । एकाएक एक खबर आयो, सिन्धुपाल्चोक जानुपर्ने । सिन्धुपाल्चोककोे जुरेमा पहिरोले सुनकोशी थुनिएको र घरहरु बगाएर मानवीय क्षति भएको खबरपछि हतार-हतार गयौं ।

जीवनमा धेरै आपतकालीन उद्दार गरेँ तर, यस्तो खालको विपत्ति देखेेको छैन । पहिरो झरेको ठाउँमा पुगेपछि एक छिन त म अक्क न बक्क भएँ, त्यहाँको अवस्था देखेर । पहिरो आएर पुरै नदी छेकेको छ ।

एक थोपा पनि पानी बगेको थिएन । यो कुनै काल्पनिक दृश्यझैँ थियो । कही बर्ष अघि हो मलाई ठ्याकै मिति याद भएन तर, मुस्ताङको तातोपानी थुनिँदा कस्तो हुन्छ भन्ने देखेको थिएँ । त्यो बेला कालीगण्डकी यति डरलाग्दो तरिकाले थुनिएको थिएन, केही पानीको बगेको थियो तर, यहाँ त पानी ठप्प थियो ।

BhotekoshiFlood  (3)

म आपतकालीन उद्धारमा गएको थिएँ । घर पुरिएर धेरै घाइते थिए । तर, मैले पहिले एकजना विदेशीसहित तीन जनालाई हेलिकोप्टरमा सुताएर ल्याउनुपर्यो । अरुलाई स्थान अभावका कारण ल्याउन सकिँन ।

बेल्जियमका एक नागरिक घरको तल सुतेका रहेछन् । उनी सुतेकै अवस्थाको कपडामा उद्धार गरेर ल्याएँ । अन्य केही ढाड भाँचिएर गम्भीर विरामी थिए ।

BhotekoshiFlood  (9)

BhotekoshiFlood  (8)

BhotekoshiFlood  (1)

BhotekoshiFlood  (2)

BhotekoshiFlood  (4)

BhotekoshiFlood  (5)

  • (राणा फिष्टेल एयरका चालक एवं सुरक्षा निर्देशक पनि हुन् । उनीसँग भरतबन्धु थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment