Comments Add Comment

च्याउ खेतीबाट लखपति बने उदयचन्द्र

Udayachandra-shrestha

ध्रुव भट्टराई

२४ साउन, विराटनगर । सिप र मेहनत भएमा च्याउ खेतीवाटै लखपति वन्न सकिने उदाहरण बनेका छन् मोरङका एक युवक ।

उर्लावारी ६ मंगलवारेका ३३ वर्षका उदयचन्द्र श्रेष्ठ च्याउ खेतीबाट लखपति वनेका छन् । वैदेशिक रोजगारीका लागि विदेश जाने तयारी अवस्थामा नै पार्सपोट जलेपछि उदयचन्द्रले २०६२ सालमा उनले च्याउ खेती थालेका थिए ।

इराक जाने तयारीको अवस्थामा मेनपावर कम्पनीमा पसेको आफ्नो पासपोर्ट इराकमा १२ नेपालीको हत्या भएपछि भएको आन्दोलनका समयमा जलेको उनले बताए ।

‘पासपोर्ट नजलेको भए म यतिखेर पनि विदेशी भूमिमा पसिना वगाइरहेको हुने थिए । पार्सपोट जल्नाले यही भुमिका राम्रो आम्दानी गर्न सके’ उदयले भने ।

Chau-khati

तत्कालिन समयमा उदयले ३ लाख लगानीमा १० कठ्ठा जमिन भाडामा लिएर च्याउ खेती थाले । आठवर्षमा उनले ३० लाखको लगानी गरी च्याउ खेतीलाई १ विघामा विस्तार गरेका छन् । उनले अहिले आफ्नो च्याउ र्फममा १३ जनालाई रोजगारी समेत दिएका छन ।

 उनको च्याउ फर्मवाट दैनिक स्थानीय बजारमा ५० केजी भन्दा वढी च्याऊ विक्री गर्छन् । उनको फर्मवाट उत्पादित च्याउ पूर्वी नेपालका मुख्य बिराटनगरसँगै धरान, विर्तामोड लगायतमा पुग्छ ।

यही च्याउ खेतीको अम्दानीवाट एकतल्ले घरसहित १० कठ्ठा जमिन जोडेका छन् उदयचन्द्रले । उदयले मारुती र पिकअप भ्यान पनि जोडेका छन् ।

आत्मा विश्वास र लगातारको लगावले नाम र दाम दुवै दिएको भन्दै उदयले भने-‘विदेशको कमाई क्षणिक हो । मेहनत गर्न सके स्वदेशको कमाई दिगो हुन्छ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment