Comments Add Comment

बाबुरामले थाले राज्य पुनःसंरचनाबारे छलफल

२ भदौ, काठमाडौं । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले नयाँ संविधानको सबैभन्दा विवादित राज्यको पुनःसंरचना र शासकीय स्वरुपबारे छलफल सुरु गरेको छ ।

baburam-bhattaraiसमित सभापति डा. बाबुराम भट्टराईले सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

बैठकमा दुवै विवादित विषयमा प्रारम्भिक छलफल भएको नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए । उनका अनुसार भदौ ७ गतेको बैठकमा सबै दलले आफ्नो आन्तरिक छलफलसहित धारणा बनाएर आउने सहमति भएको छ ।

संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले शासकीय स्वरुप र राज्यको पुनःसंरचनाबारे जनजातिका संस्थाका प्रतिनिधिसँग भएका छलफलबारे समेत जानकारी गराइएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment