Comments Add Comment

पानी परेपछि रातमा जाग्रम बस्छन् तनहुँको शान्तिनगरवासी

३ भदौ, तनहुँ । तनहुँको व्यासनगरपालिका-१० स्थित शान्तिनगर टोलका बासिन्दा पानी पर्न थालेपछि जाग्रम बस्छन् ।

आकासमा बादल घुम्न थालेपछि यस क्षेत्रका बासिन्दा पानी पर्ने भयो भन्दै निराश हुने गरेका छन् ।

हालै सिन्धुपाल्चोक र दाङमा नरसंहार हुने गरी आएको बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति भएपछि त्यहाँका मानिस पनि त्रसित बनेका हुन् ।
मादी नदीले विस्तारै बस्ती क्षेत्रमा कटान गर्न थालेपछि उनीहरू चिन्तित बनेको स्थानीय रामबाबु मल्ले जानकारी दिए ।

‘उक्त क्षेत्र आसपासमा तटबन्धन नगर्ने हो भने जुनसुकै समयमा पनि दुर्घटना हुन सक्छ’ उनले भने-‘यसतर्फ बेलैमा सरकारले ध्यान दिनुपर्छ ।’
उक्त क्षेत्रमा करिब ५० घर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment