Comments Add Comment

विज्ञको दाबी : सर्प निस्किए पहिरो जाने पक्का !

Sunkoshi Disaster (38)

३ भदौ, काठमाडौं । पहाडी बस्तीमा एकाएक सर्पहरु जमीनमाथि देखिन थाले भने त्यो ठाउँ पहिरोको जोखिममा छ भन्ने बुझेर तत्काल छाड्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

सिन्धुपाल्चोकको मांखा र राम्चे गाविसको भट्टडाँडाबाट झरेको पहिरोको अध्ययनपछि विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । प्रधानमन्त्री सुशील कोइरालालाई मांखाको भीषण पहिरो र त्यसले सुनकोशी थुनेर बनाएको तालको अध्ययनपछि इन्जिनियरिङ एशोसियसनले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा त्यो ठाउँमा ५०/६० वर्ष अघिदेखि नै पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ ।

यसअघि दुईवटा सर्वेक्षणले पनि पहिरोको खतरा औंल्याएको अवस्थामा पनि वस्तीलाई बेलैमा नहटाउनु क्षतिको मुख्य कारण बतायएको छ । ‘त्यो ठाउँ मानव वस्तीका लागि उपयुक्त छैन भनेर पहिले नै भनिएको रहेछ’ इन्जिनियरिङ एशोसियसनका अध्यक्ष धु्रव थापाले अनलाइनखबरसँग भने ।

सर्प किन निस्किए ?

पहिरो जाने दिन कागुनेमा कहिल्यै नदेखिने सर्पहरु बाहिर देखिएका थिए । नागपञ्चमी परेकाले स्थानीयले नाग आएको भने । एकजना स्थानीयले सर्प मारेपछि नागपन्चमीमा सर्प मारेकाले अनिष्ट हुन्छ भन्ने हल्ला पनि गाउँमा चलेको स्थानीय गोमा पराजुलीले बताइन् ।

तर, विज्ञहरुले भने त्यो ठाउँमा बस्न खतरा छ भन्ने संकेत सर्पहरुले पहिले नै दिएको बताएका छन् । जमीन भासिन थालेपछि त्यभित्र बस्ने जीवजन्तु ज्यान जोगाउन बाहिर निस्कने गरेको अध्ययनले देखाएको छ ।

अध्ययनमा सहभागी इन्जिनियर एशोसियसनका सदस्य मन्दिप सुवेदीले अनलाइनखबरसँग भने – जमीन धाँजा फाट्न लागेपछि पहिरोको उच्च जोखिम हुन्छ, त्यसबेला जमिनमुनिका प्वालहरु पुरिन थालेपछि सर्प लगायतका जन्तु बाहिर निस्कन्छन्, मान्छेले भन्दा पहिले सर्पले पहिरोको संकेत थाहा पाउँछ ।

सडक पहिलेकै ठाउँबाट

प्रधानमन्त्रीलाई इन्जिनियर एशोसियसनले बुझाएको रिपोर्टमा अरनिको राजमार्गलाई पनि पहिलकै ठाउँबाट सञ्चालन गर्न सुझाव दिइएको छ । पहिरोले लगेको र तालले पुरेको सडकलाई पुनः सञ्चालनमा ल्याउन सकिने रिपोर्टमा उल्लेख छ ।

सुवेदीले कृष्णभीरको पहिरोबाट सडक खुलाएजस्तै गरी जुरेको पहिरोबाट सडक खुलाउन सकिने बताए । नदीलाई २०/२५ मिटर पूर्व धकेलेपछि तालको पानी कम हुँदा सडक सतहमा आउने सुझाव विज्ञहरुको रिपोर्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment