Comments Add Comment

ओलीले भने- लगानीमैत्री वातावरण निर्माणमा पहल गर्छु

Chamber-and-kp-oli

३ भदौं, काठमाडौं । नेकमा एमालेका अध्यक्ष केपी ओलीले आर्थिक क्षेत्रका समस्याहरु समधान गरी लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्ने बताएका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा ओलीले सो आश्वासन दिएका हुन् ।

आर्थिक सम्वृद्धिले मात्र मुलुकमा दीगो शान्ति र स्थायित्व हासिल हुने बताउँदै ओलीले आफ्नो पार्टीले निजी क्षेत्रका समस्याहरुलाई गम्भिरता पूर्वक लिने बताए । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरि आर्थिक क्रियाकलापलाई बढवा दिन निजी क्षेत्र, सरकार र राजनैतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिएका छन् ।

अध्यक्ष ओलीले नेपाल चेम्वर अफ कमर्स उद्योग वाणिज्य क्षेत्रको पुरानो संस्था भएकाले आम उद्योगी व्यवसायीहरुको भावना र मर्म बमोजिम अगाडी बढ्न पनि सुझाव दिएका छन् ।

भेटवार्तामा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले ओलीलाई मुलुकको आर्थिक अवस्था एवं निजी क्षेत्रका समस्याहरु अवगत गराएका थिए । राजनैतिक दलहरुले घोषणापत्रमा गरेका प्रतिवद्धताअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले न्युनतम साझा आर्थिक एजेण्डा तय गरेर मुलुकको आर्थिक क्रियाकलापलाई अगाडि बढाउन आग्रह गरे ।

विभिन्न मुलुकका राजदूत एवं उद्योगी व्यवसायीहरुसँगको छलफलमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक रहेको पाइएको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले लगानीमैत्री वातावरण बनाउन ओलीसमक्ष अनुरोध गरे ।

आर्थिक ऐन काननहरु आउन ढिलाई हुँदा लगानीमा प्रत्यक्ष असर परेको, लोडसेडिङ, शान्तिसुरक्षा, दक्ष जनशक्तिको अभाव, श्रम समस्या, भौतिक पूर्वाधार, चर्काे व्याजदर, बन्द हडताल, चन्दा आतंक जस्ता समस्याले निजी क्षेत्र आक्रान्त रहेको श्रेष्ठको भनाई थियो । अध्यक्ष श्रेष्ठले अवरुद्ध अरनीको राजमार्ग यथाशक्य खुलाउनका लागी पहल गर्न आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment