Comments Add Comment

मुर्दाघरका कर्मचारीको राक्षसी काम- सय जना महिलाका शवलाई बलात्कार

Corpse Abuse Ohio

मानिस राक्षस हुन बेर लाग्दैन । राक्षसी चेत घुसेपछि अपराध पनि कस्तो कस्तो गर्छ मान्छेले ? एकजना पुरुषले विभिन्न कारणले ज्यान गुमाएका १ सय जना महिलाका शवलाई बलात्कार गरेका छन् ।
अमेरिकाको ओहियो स्थित एक मुर्दाघरमा काम गरेका पूर्व कर्मचारी केनेथ डगलसले मुर्दाघरमा रात्रीकालिन ड्युटी गर्दाको समयमा रक्सी पिएर महिलाका लाससँग सेक्स गरेको खुलासा भएको छ ।
सन् १९७६ देखि १९९२ सम्म मुर्दाघरमा जागिर गरेका ६० वर्षीय डगलसले सेक्स गरेका महिलाका लासमध्ये केही हत्या गरेर मारिएका महिला समेत थिए ।
उनले सन् १९९१ द्येखि १९९२ को समयमा मात्र तिन जना महिलाको लासलाई बलात्कार गरेका थिए जसमध्ये २ जना महिलाको हत्याका सिकार भएका थिए । आफ्नो १६ वर्षे जागिरमा उनले १ सय भन्दा बढि महिलाका शवलाई बलात्कार गरेका थिए ।
अदालत समक्ष आफ्नो अपराध स्विकार गर्दै डगलसले आफु महिलाका लासको माथि चढेर पाइन्ट झार्ने गरेको बताए । उनले रक्सी तथा नशामा झुम्मिएर महिलाका लासलाई बलात्कार गर्ने गरेको उनका हाकिमलाई समेत थाहा भएको बताइएको छ ।

आफुले रक्सी नपिएको दिन महिलाका लाससँग सेक्स गर्ने नगरको तर रक्सी पिएको दिन भने मनै थाम्न नसकी पटक पटक लाससँग सेक्स गरेको अदालतमा पेश गरेको उनको भिडियोमा उनले भनेका छन् । तर आफुले गरेको अपराधको जिम्मा ह्यामिल्टन काउन्टीले लिनुपर्ने र त्यसबेला भएका सबै घटना ह्यामिल्टन काउन्टीकै जिम्मेवारी भित्र पर्ने उनको दाबी छ ।
उता डगलसकी श्रीमतीले पनि यो घटनामा उनका हाकिमलाई नै दोष लगाएकी छिन् । आफुले त्यसबेला आफ्नो श्रीमान घर फर्किँदा सेक्स तथा अल्कोहलको गन्धसाथ फर्किने गरेको कुरा आफुले मुर्दाघरका सुपरभाइजरलाई भन्ने गरेको भएपनि सुपरभाइजरले कुनै ध्यान नदिएको उनले बताएकी छिन् ।
सन् १९९२ मा हत्या गरिएर मुर्दाघरमा शव राखिएकी १९ वर्षीया करीन रेन्जको शवमा सन् २००८ मा डगलसको विर्य पाइएपछि डगलसको कर्तूतको पर्दाफास भएको थियो ।

उनले २४ वर्षकी मृतक एप्रिल हिक्स तथा २३ वर्षकी चार्लिन एपिलिनको शवलाई समेत बलात्कार गरेको स्विकार गरेका छन् । एपिलिनको पेटमा ६ महिनाको गर्भ समेत रहेको द इण्डिपेन्डेन्टले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment