Comments Add Comment

विजय कुमारको ‘खुसी’ भदौ २७ मा

५ भदौ, काठमाडौं । चर्चित पत्रकार एवं स्तम्भकार विजय कुमारको पहिलो पुस्तक ‘खुसी’ भदौ २७ गते सार्वजनिक हुने भएको छ । प्रकाशन संस्था फाइनपि्रन्टले विजय कुमारको पुस्तक प्रकाशित गर्दैछ ।

Bijakumar-bookविजय कुमार भन्छन्-‘खुसीले मलाई लेखनसँग प्रेम जगाइदिएको छ । अब लेख्दै जानेछु ।’ पुस्तक लेखनका लागि उनले प्रकाशक फाइनपि्रन्टबाट दुुई वर्षअघि नै १० लाख पेस्की लिएका थिए ।

स्पष्ट कुनै विधामा राख्न नसकिने यो पुस्तक संस्मरण, निबन्ध र व्यक्तिचित्रको मीठो सम्मिश्रण भएको फाइनपि्रन्टले बिहीबार जारी थरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यसमा राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरूमात्र छैनन् साधारण मानिएका असाधारण पात्र पनि छन् । पैसा, शक्ति र यौनको दुनियाँलाई यसरी केलाइएको छ’ विज्ञप्तिमा भनिएको छ । पुस्तकमा युवावस्थामा विपरीत लिङ्गीप्रतिको आकर्षण र त्यसमा लेखकको अनौठोखाले अनुभव पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment