Comments Add Comment

शुक्रबारका पत्रिकामा बिजनेश खबर

शुक्रवार राजधानीबाट प्रकाशित हुने आर्थिक क्षेत्रका सवैजसो पत्रिकाहरुले श्रम सम्झौता गर्न मलेसिया सहमत भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कारोवार दैनिकले ‘पाँच महिनाभित्रै मलेसियासँग श्रम सम्झौता’ को खबर प्राथमिकताका साथ छापेको छ । मलेसियाका मानव संसाधन मन्त्री दातुक रिचर्ड रायट जइम र श्रम तथा राज्यमन्त्री टेकबहादुर गुरुङबीच सन् २०१४ भित्रै श्रम सम्झौता गर्ने सहमति भएको छ । कारोबारले कर छुट र अनुदान विवादको खबरलाई प्रमुख खबर बनाएको छ ।

यस्तै, बाजुराका ११ गाविसमा खाद्य संकट, धनगढीमा गिट्टी, बालुवा तेब्बर महंगो, स्वराजगार कोषद्वारा २१ जिल्लामा अनुगमन लगायतका खबर कारोबार दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले ‘म सम्झौता गर्न मलेसिया सहमत’ शीर्षकमा खबर छापेको छ । श्रम सम्झौतामा समावेश गरिने विषय छनोट गर्न दुवै देशका उच्चस्तरीय सरकारी अधिकारी सम्मिलित संयुक्त समिति गठन गर्ने सहमति समेत भएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय उडानको वृद्धिदर वाषिर्क दश प्रतिशत बढेको खबरलाई अन्नपूर्णपोष्टले प्रमुख खबर बनाएको छ । क्यानाडाका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक, सात बाणिज्य वैंकको ब्याजदर घट्दै, ब्याजदर नियन्त्रण संयन्त्र बनाउँन सर्वोच्चको आदेश, सोल्टी र सांगि्रला होटलले काठमाडौ बाहिर पनि लगानी बढाउँदै लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।

नागरिक दैनिकले ‘मलेसियाले नेपालबाट घरेलु कामदार लिने’ शीर्षकमा खबर छापेको छ । ‘हाउसमेड’ भन्दा माथिल्लो स्तरको ‘हाउस म्यानेज वर्कर’ को तलब कम्तीमा नौं सय रिंगेट तलव हुनेछ । सिंचाईमा असर नपर्ने गरी पीडीए, बन्द हुन थाले विराटनगरको जुटमिल लगायतको खबर नागरिक दैनिकमा छ ।

आर्थिक दैनिकले ‘सार्वजनिक जग्गा मिचेर बनाइएको अवैध संरचनामा चावहिल मालपोत कार्यालय’ शीर्षकको खबरलाई प्रमुख खबर बनाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको संरचनामा नै मालपोत कार्यालयको दैनिक काम कारवाही संञ्चालन भएपछि चावहिल मालपोत कार्यालयको काम/कारवाहीहरु शंकाको घेरामा परेका छन् ।

यस्तै, रसुवागढी भन्सार नाकामा भौतिक संरचनाको अभाव, १७ करोड ऋण लिएको उद्योग गोप्य रुपमा बेच्ने गोल्छा हाउसको तयारी, कार्टेलिङ्को पानी गोदाम सिलबन्दी, अधिकांश ड्राईभिङ् सेन्टर नियमवितपरित, स्वास्थ्य ब्यवसायी महासंघमा मिश्रति नेतृत्व-बायोमेटि्रक पक्षधर कैलाश खड्का अध्यक्षमा निर्वाचित लगायतको खबर आर्थिक दैनिकमा छ ।

aa-karobar-1

aannpurna-2

aarthik

nagarik-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment