Comments Add Comment

क्वाक र चेङ्गु नामका नयाँ जनावर नेपालमा भेटिए

६ भदौ, ललितपुर । नेपालमा पहिलोपटक क्वाक र चेङ्गु नामले चिनिने दुवै प्रजातिका जनावर भेटिएको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषले शुक्रबार पत्रकार सम्मेलन गरीे अनुसन्धानका क्रममा पत्ता लागेका दुई नयाँ प्रजातिका जनावरबारे जानकारी दिएको हो ।
अनुसन्धाताहरुले अनुसन्धानका क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो क्षेत्रमा यी जनावर फेला पारेका हुन् । यी दुवै जनावर हिमाली क्षेत्रमा पाइनेछ ।
कोषका अधिकृत मधु क्षेत्रीका अनुसार स्थानीय भाषामा क्वाक र चेङ्गु नामले चिनिने दुवै प्रजातिलाई असार ९ र १२ गते पत्ता लगाइएको हो । यी दुवै जनावर लामो समयदेखि नेपालमा रहिआएको भए पनि कुन स्थानमा र कहाँ रहन्छ भन्न्ो यकिन भने भएको थिएन ।
अब नेपालमा उपलब्ध स्तनधारी जनावरको सङ्ख्या अब २११ पुगेको पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment