Comments Add Comment

चरीको शव बुझ्न परिवार सहमत, शनिबार अन्त्येष्टि गरिने

६ भदौ, काठमाडौं । प्रहरीसँगको मुठभेडमा मारिएका डन दिनेश अधिकारी ‘चरी’को शव बुझ्न उनको परिवार सहमत भएको छ ।

सर्वोच्चले कारण देखाउ आदेश जारी गरेपछि पछि बुझ्न लागेको अधिकारीका दाजु ध्रुव अधिकारीले जानकारी दिए । उनका अनुसार शनिबार अन्त्येष्टि गरिनेछ ।

चरीको हत्या भएको भन्दै प्रहरी अधिकारीहरुविरुद्ध परिवारले महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दर्ता गर्न खोज्दा अस्वीकार गरेपछि दायर मुद्धामा सर्वोच्च अदालतले बिहीबार कारण देखाऊ आदेश जारी गरेको थियो ।

गत साउन २१ गते काठमाडौं भीमढुंगामा भएको मुठभेडमा अधिकारी मारिएका थिए । तर, घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने भन्दै परिवारले शव बुझेका थिएनन् ।

उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment