Comments Add Comment

२६ सभासद मनोनयनबारे कांग्रेस र एमालेबीच छलफल

६ भदौ, काठमाडौं । २६ सभासद मनोनयनसहितका विषयमा सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा दुवै दलका शीर्ष नेताले संविधान निर्माणमा देखिएका असहमतिलाई सरोकार भएका सबैसँग छलफल गरी अघि बढ्ने सहमति गरेका छन् । बैठकमा संविधान निर्माण, सरकार सञ्चालनलगायत समसामयिक विषयमा दुवै दलका शीर्ष नेताबीच छलफल भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।

बैठकमा मन्त्रिपरिषद्ले गर्ने २६ सभासद्को मनोनयन, रिक्त राजदूतको नियुक्तिलगायत विषय प्रवेश भएको बैठकमा सहभागी कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए । संविधान निर्माणलाई द्रूत गतिमा अघि बढाउने विषयमा सबैलाई समावेश गरी सहमतिमा पुग्ने छलफल भएको भन्दै उनले सरकार सञ्चालनमा देखिएका समस्या बारे दुबै दलबीच छलफल गरेर समाधान गरिने बताए ।

बैठकमा कांग्रेस वरिष्ठ नेता नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल काठमाडौँ बाहिर भएका कारण उपस्थित थिएनन् । शनिबार बिहान थप छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको कांग्रेस महामन्त्री सिटौलाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment