Comments Add Comment

प्रहरीलाई अङ्ग्रेजी भाषाको तालिम

७ भदौ, सोलुखुम्बु । पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा कार्यरत पर्यटन प्रहरी तथा विमानस्थल सुरक्षा गार्डलाई अङ्ग्रेजी भाषासम्बन्धी १५ दिने तालिम दिइएको छ ।

शुक्रबार सम्पन्न तालिममा पर्यटक प्रहरी, विमानस्थल सुरक्षा गार्ड, इलाका प्रहरी कार्यालय लुक्लासमेत गरी ३५ जनाको सहभागिता रहेको इलाका प्रहरी कार्यालय लुक्लाका प्रहरी निरीक्षक रामकाजी थामीले जानकारी दिए ।

पर्यटकसँग कुराकानी गर्न तथा उनीहरूको परिचयपत्र हेर्नसमेत प्रहरीलाई समस्या भएपछि पर्यटक र प्रहरी दुवै समस्यामा पर्दै आएका थिए । सोही समस्या समाधानका लागि प्रहरीलाई अङ्ग्रेजी भाषा तालिम दिइएको हो ।

लुक्लामा रहेको पर्यटक प्रहरी कार्यालयमा १० दरबन्दी रहेकोमा आठजना प्रहरी मात्र कार्यरत रहेका छन् । पर्यटकीय क्षेत्रमा पर्यटकलाई सहयोग गर्न तथा कानुनविपरितका गतिविधि रोक्न लागि पर्यटन प्रहरीको व्यवस्था गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment