Comments Add Comment

अशोक राई भन्छन्- विजय सुब्बा विश्वासघाती र भगौडा !

Ashok-rai-७ भदौ, काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हालै एमालेमा फर्किएका विजय सुब्बालाई विश्वासघाती र भगौडाको संज्ञा दिएका छन् ।
सुब्बा संघीय समाजवादी पार्टी छाडेर एमालेमै फर्किएकोमा राईले यस्तो प्रतिक्रिया दिएका हुन् । आफ्नो पार्टीनिकट ‘संघीय प्रेस युनियन’का प्रतिनिधिसँगको भेटघाटमा अध्यक्ष राईले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष राईले सुब्बालाई नैतिक मूल्यको दृष्टिकोणले निन्दनीय कार्य गरेको र संघर्षबाट भाग्ने भगौडाको संज्ञा समेत दिए । ‘यो सैद्धान्तिक रुपमा आत्मसमर्पणकारी, राजनीतिक रुपमा पहिचान र संघीयताप्रति विश्वासघात र कठिन संघर्षबाट भाग्ने भगौडा प्रवृत्ति हो,’ राईले भने- ‘नैतिक मूल्यको दृष्टिकोणले निन्दनीय र निजी स्वार्थ एवं लाभ र लोभबाट प्रेरित पलायन हो ।’

कांग्रेस-एमालेले बहुपहिचान भन्नु वास्तविक मुद्दालाई किनारा लगाएर निर्णय प्रक्रिया लम्ब्याउने दुस्साहस रहेको राईले बताए । उनले ती दलहरुले पुरानै अडान नत्यागे ८ माघको निर्धारित समयमा संविधान जारी नहुने बताए ।

‘माघ ८ मा संविधान जारी हुने सम्भावना कमजोर बन्दै गएको छ,’ सभासदसमेत रहेका राईले भने, ‘कांग्रेस-एमालेको जिद्दी पहिलेकैजस्तो रहने हो भने माघमा संविधान आउँदैन ।’

जनमुक्ति पार्टीसँग एकताको तयारी

अध्यक्ष राईले राष्ट्रिय जनमुक्ति पार्टीसँग संघीय समाजवादीको एकीकरण प्रयास भइरहेको बनाए । आफ्नो पार्टीलाई जातिवादी भनिएकोमा रोष प्रकट गर्दै उनले भने- ‘जातिवादी त्यसले भन्छ, जसको गिदीमा जातिवाद भरिएको छ ।’
संघीय समाजवादी पार्टीलाई जातिवादीको आरोप लगाउनेहरु नै वास्तविक अर्थमा जातिवादी भएको बताउँदै उनले भने,’चोरले सज्जनलाई पनि चोरै देख्छ भन्ने उक्तिलाई चरितार्थ गर्ने कुरा हो यो ।’

-सुकदेव चाम्लिङ राईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment