Comments Add Comment

सरकार संविधान नबनाउने खेलमा लाग्यो : प्रचण्ड

७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार माघ ८ गतेभित्र संविधान नबनाउन खेलमा लागेको आरोप लगाएका छन् ।

संघीय गणतान्त्रिक मोर्चाले शनिबार आयोजना गरेको ‘नयाँ संविधान निर्माणमा परिवर्तन र पहिचान पक्षधर शक्तिहरुको भूमिका’ विषयक विचार गोष्ठीमा प्रचण्डले सत्तारुढ दल अंक गणितका आधारमा प्रतिपक्षी दलको भावनाविरुद्ध गए आन्दोलनमा उत्रने बताए ।

उनले भने-‘पछिल्ला दिनमा सरकारमा रहेका दलहरुको गतिविधि आगामी माघ ८ गतेभित्र संविधान जारी गर्नेभन्दा पनि नगर्नेतिर बढी केन्दि्रत हुँदै गएको देखिन्छ । यसलाई रोक्न पनि सबै तह र तप्काको बीचमा एकताको आवश्यकता छ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले संविधान सहमतिको दस्तावेज हुने भन्दै कांग्रेस र एमाले लचक भएर आए एमाओवादी र मोर्चाका तर्फबाट थप लचकता अपनाउन सकिने बताए ।

कार्यक्रममा मोर्चामा आवद्ध दलका नेताहरुले विगतमा दलहरुका बीचमा भएका सहमति र सम्झौताको मर्म विपरीत गएर एकपक्षीय रुपमा संविधान लेखन प्रक्रिया अगाडि बढाउन खोजिए मुलुक थप द्वन्द्वमा फस्ने चेतावनी दिए । उनीहरुले सबैले अपनत्व महसुस गर्ने गरी अगाडि बढ्न सरकारमा रहेका दललाई आग्रह गरेका छन् ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्ताधारी दलसंविधान निर्माण प्रक्रियालाई गति दिनेभन्दा बाधा व्यवधान खडा गर्न उद्यत् रहेको आरोप लगाए । स्थानीय निकायको निर्वाचनको विषय संविधान बन्न नदिने प्रपञ्चका साथ आएको भन्दै उनले संविधान घोषणा अघि निर्वाचनको कुरा गरिए प्रतिकार गर्ने चेतावनी दिए ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकारी शक्तिलाई तहसनहस पारेर २०४७ सालकै संविधान जारी गर्ने षड्यन्त्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment