Comments Add Comment

दाङमा बाढीले क्षति पुर्‍याएका भौतिक संरचना निर्माणमा ३ अर्व लाग्ने

निमुसंगम घर्ती

७ भदौ, दाङ । एक हप्ता पहिले आएको बाढी र पहिरोले क्षति पुर्‍याएका दाङमा भौतिक संरचना निर्माणमा ३ अर्व रुपैयाँ लाग्ने भएको छ ।

बाढिले मानवीयसँगै भौतिक संरचनाहरुमा पनि ठूलो क्षति पुर्‍याएको छ । त्यसको पुनः निर्माणमा ३ अर्ब भन्दा बढी आबश्यक पर्ने देखिएको स्थानिय विकास अधिकारी पुष्पराज शाहीले जानकारी दिए ।

क्षतिको यकिन बिवरण आउन बाँकी रहेपनि प्राविधिकहरुको रिपोट अनुसार ३ अर्ब बढी रकम लाग्ने देखिएको उनले बताए । जिल्ला तहबाट हुन सक्ने पुनर्निर्माणको काम शुरु गरिसकेको र दिर्घकालीन बृहत योजनाका लागि भने केन्द्रमा अनुरोध गरेको उनको जानकारी दिए ।

३ सय ३३ परिवारलाई नगद राहत

दाङका बाढी प्रभावित ३२२ घर परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रतिघर पाँच हजारका दरले राहत रकम वितरण गरेको छ । लगातारको वर्षापछि बबई नदीमा आएको बाढी तथा पहिरोले ५ सय २१ घर भत्किएका छन् ।

३ हजार ५ सय नागरिकहरु अहिले पनि विद्यालय र आफन्तको घरमा आश्रय लिइरहेको प्रमुख जिल्ला अधिकारी दिनेश भटराईले जानकारी दिए ।

मौसममा सुधारपछि पीडितहरु चौर र भत्किएका घरहरु हटाएर टहरो निर्माणमा जुटेका छन् । बाढी र पहिरोमा परी मृत्यु भएका १४ जनाका परिवार मध्ये ११ परिवारलाई ४० हजारका दरले राहत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment