Comments Add Comment

जातले छेक्न सकेन उर्मिला र सुमनको प्रेम !

Sum_Urmila८ भदौ, बिराटनगर । तस्वीरमा देखिएको यो जोडीले जिल्ला अदालत सुनसरीमा पति-पत्नीको नाता कायम गराई मन्दिरमा विवाह गर्‍यो । तर, दलितसँग बिहे गरेको भन्दै बाहुन जातको केटी पक्षले बल प्रयोग गरेर उनीहरुलाई छुटायो ।

करिब एक महिनापछि उनीहरु पुनः भेट भई कुलेलम ठोके । समाज र परिवारको डरले लुकीलुकी हिँडिरहेका उनीहरुलाई प्रहरीले फेला पार्‍यो र आइतबार पुनः विवाह गराएर केटाको घरमा भित्र्याइयो ।

यो पनि पढ्नुस् : अन्तरजातीय विवाह गर्दा सडकको बास

अन्तरजातीय विवाह गरेकै कारण घरबाट विस्थापित भएको बिराटनगरको यो जोडीलाई केटाको घरमा भित्र्याएर पुर्नस्थापना गरिएको हो ।

एक साताअघि समाजको डरका कारण विस्थापित भएका सुमन मगराती र उर्मीला खतिवडाको यो जोडीलाई आइतबार अधिकारकर्मी, प्रहरी, पत्रकार र नागरिक समाजकोअगुवाइमा सामाजिक विवाह गराई केटाको घरमा पुनःस्थापित गराइएको हो ।

बिराटनगर-५ गोकुल टोलका सुमन र उर्मीलाले कानुनी विवाह गरे पनि केटी पक्षले बाधा हालेको थियो । गत जेठ ५ गते सुनसरी जिल्ला अदालतबाट नाता कायम गराई मन्दिरमा विवाह गरेका सुमन र उर्मिलालाई  केटी पक्षले प्रहरीको सहयोगमा एकापसमा छुट्याएका थिए ।

भदौ १ गते सुमन र उर्मिला एकापसमा भेट भई भागेपछि केटी पक्षले सुमनका बाबु केशबहादुर मगरातीलाई कुटपिटसमेत गरेका थिए । उनीहरु ६ दिनदेखि लुकेर बस्दै आएकोमा खोजी गरी समाजमा स्थापित गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment