Comments Add Comment

सिन्धुपाल्चोकका पहिरो पीडितलाई एकै व्यक्तिले दिए साढे ३ लाख

lamichhane

११ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बिभिन्न स्थानमा लगातार बाढी पहिरोबाट पीडित भएकालाई राहतका लागि एकै व्यक्तिले साढे तीन लाख रुपैयाँ भन्दा बढि नगद सहयोग गरेका छन् ।

बेलायतमा बसोबास गरिरहेका नेपाली व्यवसायी रविजंग लामिछानेले आफ्नो व्यक्तिगत तर्फबाट सिन्धुपाल्चोकका पहिरो पीडितलाई सो सहयोग गरेका हुन् ।

लामिछानेले पठाएको नगद तीन लाख ५१ हजार सात सय ३८ रुपैयाँ नगद अर्का व्यवसायी रमेशबाबु श्रेष्ठले सिन्धुपाल्चोक पुगेर हस्तान्तरण गरेका हुन् ।

संस्थागत रुपमा ५ लाख रुपैयाँसम्म सहयोग आए पनि एउटै व्यक्तिले सबैभन्दा बढि रकम प्रदान गरेको यो पहिलो भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए ।

बेलायतमा बिभिन्न व्यवसायमा संलग्न बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका सहयोगी मानिने लामिछानेलाई पराजुलीले सरकारको तर्फबाट आभार प्रकट गर्दै मान्छे जहाँ भए पनि नेपाली मनले सहयोग गरेको बताए ।

नगद हस्तान्तरणका अवसरमा पहिरो पीडितहरु पनि थिए । सो अवसरमा एमाले महासचिव इश्वर पोखरेलले सरकारले मात्र बिपत्तिमा परेका जनताको आवश्यकता पूरा गर्न नसक्ने भएकाले देशभित्र र बाहिर बसेका उदार मनका नेपालीहरुको सहयोग जरुरी रहेको बताए ।

सो अवसरमा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका सभासद शेरवहादुर तामाङ लगायतले एउटा व्यक्तिले आफ्नो परिवारको गाँस काटेर बिपत्तिमा परेका नेपालीलाई सहयोग गरेकोमा राज्यले सम्मान गर्नुपर्ने बताएका थिए ।

सोही अवसरमा एमालेको तर्फबाट महासचिव पोखरेलले ५ लाख रुपैया पहिरो पीडितको राहत कोषमा जम्मा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment