+
+
Shares

क्यानेडियन टोलीद्धारा सुरुङमार्गमा लगानी गर्न लागेको प्रधानमन्त्रीलाई जानकारी

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते १२:२५

१३ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेको क्यानाडेली लगानी कर्ताहरुको टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी काठमाडौं-कुलेखानी-हेटौडा सुरुङमार्गमा लगानी गर्न लागेको बताएको छ ।

Surung Margaनेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको आमन्त्रणमा नेपाल भ्रमणमा आएको टोलीले पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधी, राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई समेत भेटेर नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले नेपालमा अहिले लगानीयोग्य वातावरण तयार भइसकेको जानकारी दिँदै विदेशी लागानीलाई स्वागत गर्न सरकार तयार रहेको टोलीलाई आश्वासन दिए । विदेशी लगानीकर्तालाई पनि नेपाली लगानीकर्ता सरह सेवा सुविधाहरु दिएर आकषिर्त गर्ने सरकारले लक्ष्य रहेको समेत उनले बताए ।

भेटमा नेपाल पूवाधार कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सुरुङ्गमार्ग निर्माणमा क्यानेडियन टोलीले लगानी सम्झौता गरिसेकेकोले निजी क्षेत्रको पहलमा पनि ठुला परियोजना निर्माण हुन सक्छन भन्ने उदाहरणका रुपमा यो सुरुङमार्ग रहेको प्रधानमन्त्रीलाई बताए । प्रतिक्रिया स्वरुप प्रधानमन्त्रीले हौसला प्रधान गर्दै निर्धक्क भएर लागनी गर्न निजी क्षेत्रलाई आग्रह गरेका थिए ।

टोलीले पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री निधीलाई भेटी पूर्वाधार क्षेत्रमा लागनी गर्न नेपाल आएको र सुरुङमार्गमा लगानी गर्ने सम्झौता समेत गरिसकेको जानकारी गराएको थियो ।

क्यानेडियन टोलीका सदस्य साम भौजीले मन्त्रीसँगको भेटमा आर्थिक लगानी मात्र नभई उक्त सम्झौताले प्रविधी समेत हस्तारण गरिने जानकारी गराएका थिए । नेपाल जस्तो सुन्दर देशमा लगानीको अवसर प्राप्त हुनुले आफुहरु अति नै खुशी भएको उनीहरुको भनाई थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?