Comments Add Comment

संविधानमा धर्मनिरपेक्षता उचित कि अनुचित ?

दोस्रो संविधानसभाको निर्वाचनपछि संविधान निर्माण प्रक्रिया जारी रहँदा धर्म निरपेक्षताको विषय पेचिलो बन्दै गएको छ । एमाओवादी, जनजाति र मधेसवादी पार्टीहरुले नयाँ संविधानमा धर्मनिरपेक्षतालाई अवरिवर्तनीय प्रस्तावनामा लेखिनुपर्ने अडान लिइरहेका छन् ।

religiousराप्रपा नेपालसहितका हिन्दूवादी शक्तिहरुले भने नेपाललाई हिन्दू राज्य नै कायम गर्नुपर्ने अडान लिइरहेका छन् । कांग्रेस र एमालेले भने यसबारे मध्यमार्गी बाटो अपनाइरहेका छन् ।

संघीयता तथा जातीय पक्षधर पार्टीहरुले संविधानमा धर्मनिरपेक्षलाई अपरिवर्तनीय बनाउनुपर्ने अडान राखेका छन् । यो अवस्थामा धर्मनिरपेक्षलाई संविधानमा कसरी व्यवस्थापन गर्न सकिएला ? धर्मनिरेपेक्षतालाई संविधानको प्रस्तावनामा राख्नुपर्ला कि नपर्ला ? तपाईको मत व्यक्त गर्नुहोस् ।

१) संविधानमा धर्मनिरपेक्षलाई अपरिवर्तनीय व्यवस्था प्रस्तावनामा राख्नैपर्छ ।

२) हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको नेपाललाई हिन्दूराज्य कायम गरी धर्मनिरपेक्षताको व्यवस्था खारेज गरिनुपर्छ ।

३) राज्यले बीचको बाटो खोजेर निकास दिनुपर्छ । यसका लागि संविधानको प्रस्तावनामा धर्मसापेक्ष वा धर्मनिरपेक्ष केही पनि उल्लेख नगरी मौन रहनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment