Comments Add Comment

कानुन नहुँदा २० हजार डलरको पुरस्कार अलपत्र

१५ भदौ, काठमाडौं । खर्च गर्ने कानुन नहुँदा अनौपचारिक शिक्षा केन्द्रले पाएको २० हजार अमेरिकी डलरको साक्षरतासम्बन्धी पुरस्कार अलपत्र छ । साक्षरतासम्बन्धी अभियानमा उत्कृष्ठ काम गरेबापत संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सन् २०१० मा दिएको ‘युनेस्को कम्फ्युसियस प्राइज फर लिट्रेसी’ अलपत्र परेको छ ।

prizeतत्कालीन शिक्षासचिव शंकरप्रसाद पाण्डेको नेतृत्वमा पेरिस गएको टोलीले पुरस्कार थापेको थियो । चीनका दार्शनिक कन्फ्युसियसको सम्मानमा युनेस्कोले चिनियाँ सरकारकै सहयोगमा सन् २००५ मा पुरस्कार स्थापना गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो पुरस्कार पढ्न नपाएका ग्रामीण भेगका बासिन्दालाई साक्षर बनाउन योगदान पुर्‍याउने सरकारी गैरसरकारी तथा निजी संस्था र व्यक्तिलाई प्रदान गरिन्छ । १५ वर्षदेखि ६० वर्ष उमेरसमूहका निरक्षरलाई साक्षर बनाउन नेपाल सरकारले सन् २००९ बाट अनौपचारिक शिक्षा केन्द्रमार्फत साक्षरता अभियान सञ्चालन गरेको थियो । पुरस्कार बर्सेनि अन्तर्राष्ट्रिय साक्षरता दिवस अर्थात सेप्टेम्बर ८ मा वितरण गरिन्छ ।

नेपालले उक्त पुरस्कार पाए पनि त्यो रकम कसरी र कहाँ खर्च गर्ने भन्ने मापदण्ड नबनेका कारण चार वर्षदेखि शिक्षा मन्त्रालयअन्तर्गतको युनेस्को कार्यालयको बैंक खातामै थन्किएको छ । कार्यालयका उपसचिव धु्रवराज रेग्मीले भने, ‘पुरस्कार पाउँदा एक अमेरिकी डलरबराबर नेपाली रुपैयाँ ७० थियो । सोहीअनुसार हिसाब गरेर बैंकमा राखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment