Comments Add Comment

माइक्रोम्याक्सको नयाँ स्मार्टफोन बजारमा

micromax-Bolt_A064१६ भदौ, काठमाडौं । माइक्रोम्याक्सले इन्ट्री लेवलको नयाँ स्मार्टफोन नेपाली बजारमा भित्राएको छ । कम्पनीले माइक्रोम्याक्स बोल्ट ए०६४ मोडल नेपाल भित्राएको हो । जसको मूल्य ६ हजार १ सय ७१ रुपैयाँ तोकिएको छ ।

३.५ इन्चको स्कि्रन रहेको यस मोडलमा ओएस एन्ड्रोइड किटक्याट ४.२.२ अपरेटिङ सिष्टम रहेको छ । १.३ गीगाहर्ज ड्यूल कोर प्रोसेर रहेको हुँदा मोबाइलको कार्य क्षमता समेत उच्च रहेको छ ।

मोबाइलमा ४ जीबी रोम रहेको छ भने एलइडी फ्लास सहितको क्यामेरा रहेको छ । यसमा दुईवटा सीम प्रयोग गर्न सकिन्छ । १४०० एमएएच क्षमताको ब्याटि्र व्याकअप रहेका कारण मोबाइल लामो समयसम्म चलाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment