Comments Add Comment

अन्तरविद्यालय बास्केटबलमा पेनउडलाई दोहोरो उपाधि

१६ भदौ, काठमाडौं । पेनउड एकेडेमीले पाँचौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । पेनउड ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा पेनउडले डिफेन्डिङ च्याम्पियन काठमाडौं इङलिस स्कुल (केइएस) लाई ३२-१८ ले पराजित गर्‍यो । पेनउडको जितमा श्रवल लामाले १४ अंक योगदान गरे ।

ब्वाइजमै मार्बलसले ब्लुमिङ बड्सलाई ३७-३० ले हराउदै तेश्रो भयो । मार्बलसका दिपेश महर्जनले २० अंक जोडे ।

ज्ञानेश्वरस्थित मार्टियर्स मेमोरियल स्कुलको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन पेनउडले सूर्योदयलाई २१-१० ले पन्छ्याउदै उपाधि रक्षा गर्‍यो । पेनउडकी फुर्बा शेर्पाले १० स्कोर गरिन् ।

गल्र्समै एसियन पब्लिकले ब्लु स्काइलाई २३-१२ ले पाखा लगाउदै तेश्रो स्थानमा चित्त बुझायो । विजेताकी फुङमा थेबेले १३ अंक जोडिन् ।

ब्वाइजमा पेनउडका श्रवल लामा र गल्र्समा पेनउडकै कर्मा छेतेन शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा ब्लुमिङ बड्सका स्पार्ज बुढाथोकी र गल्र्समा एसियन पब्लिककी फुङमा थेबे उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

ब्वाइजमा केइएसका सुशान्त सुनवार र गल्र्समा सूर्योदयकी मानका श्रेष्ठ सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रतियोगिता अवधिभर सुशान्तले ५९ र मानकाले २७ स्कोर गरेका थिए ।

चारदिने नकआउट प्रतियोगिताको ब्वाइजमा १६ र गल्र्समा १४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment