Comments Add Comment

उपत्यकामा कार्यालय समयमा चोरी बढी

१६ जेठ, काठमाडौं । दशैं तिहारको समयमा हुने चोरी एवं लुटपाट घट्ना नियन्त्रणको लागि महानगरीय प्रहरी अपराध महाशाखाले बिषेश सुरक्षा योजना लागू गरेको छ । चोरीका घटना दिउँसोको समयमा हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

भदौ ९ गतेबाट लागू गरिएको सुरक्षा योजना अनुसार प्रत्येक बृत्तमा जोडिने गरी ७९ जना परिचालन गरिएको छ भने त्यतिकै संख्यामा सम्बन्धित परिसर, बृत्त तथा प्रभागवाट समेत सादापोशाकमा प्रहरी परिचालन गरिएको ।

१४५ पक्राउ

अभियानका क्रममा हालसम्म १४५ जना शकास्पद व्यक्तिलाई नियन्यत्रणमा लिइएको छ । उनीहरुमध्ये १०७ जनालाई अनुसन्धान पश्चात छाडिएको छ भने ३८ जनालाई थप अनुसन्धान तथा कानुनी कारबाही भइइहेको महाशाखाले जनाएको छ ।

उनीहरुको साथबाट चोरीमा प्रयोग हुने औजारहरुका साथै झण्डै १५ लाख बराबरको धनमाल बरामद भएको छ ।

कार्यालय समयमा बढी चोरी

पछिल्ला घटनाहरुको विश्लेषण गर्दा धेरै चोरीका घटना दिँसोको समयमा हुने गरेको पाइएको महाशाखाले जनाएको छ । कार्यालय समय अर्थात विहान १० बजेदेखि साँझ ६ बजेसम्म चोरी, लुटपाटका घटना बढी हुने गरेको पाइएको छ ।

अधिकाश चोरीका घटनाहरु मानिस नभएको घरमा र धेरै परिवारहरु एउटै घरमा भाडामा वसेको घरमा हुने गरेको पाइएको छ । दिनभरि घर छाडेर बाहिर जाने र एउटै घरमा धेरै परिवार वस्ने घरहरुको पहिचान गरी सचेत गराउने र सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद मानिसमाथि निगरानी राखिएएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिउँसोको समयमा हुने चोरी नियन्त्रण गर्न प्रहरीको एक्लो प्रयासमात्र प्रर्याप्त नहुने भन्दै आम नागरीक समेत सचेत हुनुपर्ने बताएको छ । साथै आम नागरीकहरुलाई समेत त्यस किसिमका घटना हुन नदिन सचेत रहन समेत आग्रह गरेको छ ।

चोरी, डकैती तथा लुटपाटबाट बच्ने उपायहरु

  • घरबाट बाहिर निस्कदा झ्याल-ढोका राम्रोसंग बन्द गरि छिमेकीलाई जानकारी दिई जानुहोस ।
  • बहुमुल्य गरगहना तथा नगद घरमा नराख्नुहोुस् बैंकमा राख्ने गर्नुहोस ।
  • बहुमुल्य गरगहना लगाई कुनै मेला पर्वमा हिंडडुल नगर्नुहोस र गरगहना लगाई हिंडडुल गर्दाको बखत सतर्क रहनुहोस ।
  • ढोकमा बाहिर देखिने ताल्चा लगाउँदा चोरलाई घरमा मान्छे छैन भन्ने जानकारी हुने र त्यस्तो ताल्चा फुटाउन समेत चोरलाई सहज हुने हुँदा घर, पसलको ढोकाको भित्री भागमा लगाईने भित्री ताल्चाको प्रयोग गर्नुहोुस ।
  • भित्री ताल्चा प्रयोग गर्न सम्भव नभएमा साईरन जडित ताल्चाको प्रयोग गर्नुहोस ।
  • आफ्नो टोल छिमेकमा अपरिचित ब्यक्ति देखा परेमा निग्रानी राखि शंका लागेमा प्रहरीलाई खवर गर्नुहोस ।
  • ढोकामा आग्लो, गजवार वा बलियो छेस्किनी लगाउने ब्यवस्था मिलाउनुहोस ।
  • टोलका सवै मानिसहरु मिलेर Security Siren जडान गर्नुहोस ।
  • कम्पाउण्ड वाल लगाउँदा र त्यसमाथी ग्रिल लगाउँदा सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने डिजाईनको लगाउनुहोस ।
  • बहुमुल्य गहना ,बस्तु तथा ठुलो रकम लिएर एक्लै नहिड्नुहोस ।
  • अपरिचित व्यक्तिहरुसंग अनावश्यक बातचित नगर्नुहोस र उनिहरुलाई घर कम्पाण्ड प्रवेश गर्न नदिनुहोस ।
  • टोल छिमेकमा नौलो तथा असामान्य मानिसहरु देखा परेमा विशेष निग्रानी राख्नुहोस ।
  • घरको सुरक्षाको लागी सुरक्षाका उपकरणहरु र प्रविधिहरु जस्तै पर्यात्त उज्यालोको व्यवस्था , आपतकालीन साईरन सि.सि.टि.भि.वा स्थानीय स्तरमा उपल्व्ध उपाएहरु अवलम्वन गनुहोस ।
  • घरमा काम गर्ने वा भाडामावस्ने व्यक्तिहरुको फोटो र स्थायी , अस्थाई ठेगाना राख्नुहोस र निजहरुको चाल चलनमा ध्यान दिनुहोस ।
  • टोल छिमिकमा रहेका बदमास र घरमा अवात जावत गर्ने अपरिचित व्यक्तिहरु माथी निग्रानी राख्नुहोस ।
  • राती घर कम्पाउण्ड र कौशीमा पर्याप्त प्रकाशकेा व्यवस्था गर्नुहोस ! सम्भव भएसम्म कुकुर पाल्नुहोस ।
  • घर छोडी बाहिर जानुपर्दा वा राती सुत्नु भन्दा अगाडी ढोका वा झ्यालहरुमा चुकुल, गजवार वा पर्दा राम्ररी लगाएको छ छैन भन्ने वारे ध्यान दिनुहोस ।
  • लामो समय सम्मको लागी घरमा बाहिर जानु पर्दा आफ्नो विश्वासिलो व्यत्तिललाई जानकारी दिनुको साथै दैनिक रुपमा घरमा बसी लिदै आएको सामाग्री लिन बन्द गरेर जानुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment