Comments Add Comment

गिनीमा इबोलाबाट ४६० को मृत्यु

१६ भदौ, कोनाक्रि । गिनीमा इबोला भाइरसका कारण ४ सय ६० जनाको मृत्यु भएको छ ।

प्राणघातक सङ्क्रमण इबोलाबाट ४ सय ६० जना मारिएको गुएनाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इबोला संक्रमित ७ सय बिरामी भेटिएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

रोगको सङ्क्रमण देखिएपछि ४५ जना स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन पुगेका बताइएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ती सङ्क्रमितमध्ये २६ जना मारिएका छन् । बाँकी स्वास्थ्यकर्मीको उपचार भइरहेको छ ।

सङ्क्रमणको नियन्त्रणका लागि त्यहाँको स्वास्थ्य मन्त्रालयले विभिन्न १६ स्थानमा स्वास्थ्य जाँच चौकी स्थापना गरेको छ । तर स्वास्थ्यकर्मी नै मारिएपछि उपचारका लागि निकै कठिनाई भइरहेको छ ।

यस सङ्क्रमणले अफ्रिकी देशहरुलाई शिकार बनाएको छ र जसका कारण एक हजारभन्दा बढीको ज्यान गइसकेको छ । रासस/सिन्हृवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment