Comments Add Comment

नदीमा बगेर एकको मृत्यु

२ असोज, सल्यान । सल्यानमा शारदा नदिले बगाएर एक महिलाको मृत्यु भएको छ । काँरागिठी ७ धानठान बस्ने ४६ वर्षकी डण्डीकुमारी बुढाथोकीलाई नदीले बगाएको थियो ।
नदी तर्ने क्रममा उनी नदीमा परेको र पानीको बहाव बढी भएका कारण उनलाई बगाएको प्रहरीले जनाएको छ ।
बुढाथोकीलाई नदीले बगाएको स्थानीयबासीले देखेपनि बचाउन नसकिएको स्थानीय मेघराज भण्डारीले बताए । उनको शव पाँचसय मिटर तल भेटाइएको थियो ।
मृतक बुढाथोकीका श्रीमान, तीन छोरा र एक छोरी छन् ।
शंकर केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment