Comments Add Comment

दुई सय ४५ स्थानमा जाउलो प्रदर्शन

२ असोज, रसुवा । ग्रामीण समाजका बालबालिकालाई पोषणयुक्त खाना खुवाई उनीहरूको मस्तिष्क र शरीरको वृद्धिविकास गराउन चेतना अभिवृद्धि गराउन लिटो तथा जाउलो प्रदर्शन गरिएको छ ।

पोषणका लागि रसुवामा सञ्चालित सुआहारा कार्यक्रमले रसुवाका १८ गाविसका ग्रामीण बस्तीमा हरेक बार खाना-४ भन्ने नाराका साथ गर्भवती महिला र नवजात शिशुलाई यथेष्ट पोषिलो जाउलो-लिटो खुवाउन जागरण गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बच्चा जन्मिएको दुई वर्षभित्र मस्तिष्क विकासको पूर्णता पाइसक्नुपर्ने भएकाले हरेक दिन सागसब्जी, गेडागुडी, अन्न र पशुजन्य पदार्थ मिश्रण पोषिलो जाउलो तथा लिटो खुवाउने अभियान सम्पन्न गरी २४५ स्थानमा जाउलो तथा लिटो प्रदर्शन गरिसकेको जानकारी सुआहारा कार्यक्रमले दिएको छ ।

पोषणको एथेष्ट व्यवस्था मिलाउन सुत्केरी, गर्भवती भएका प्रत्येक घरमा सागसब्जी, बीउ, बच्चाका लागि अण्डा उत्पादन गर्न कुखुरा वितरणसमेत गरिएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment