Comments Add Comment

हेडबुट हान्ने ब्राण्डओलाई ६ महिने प्रतिवन्ध

Brandao

३ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेनका थिएगो मोटालाई हेडबुट हान्ने बास्टिआका स्ट्राइकर ब्राण्डओलाई ६ महिना प्रतिवन्ध लगाइएको छ ।

अगष्ट १६ मा पीएसजीले बास्टिआलाई २-० ले पराजित गरेपछि ड्रेसिङ रुपमा जाने क्रममा ब्राण्डओले मोटाको अनुहारमा टाउकाले हानेका थिए । टनेलमा पर्खिएर बसेका ब्राण्डओ हानेर भोगका थिए भने मोटाको नाकबाट रगत आएको थियो ।

घटना लगतै पीएसजीका अध्यक्षले ब्राण्डओलाई आजीवन प्रतिवन्ध लगाउन माग गरेका थिए ।

लिग डे फुटबल प्रोफेसनलले शुक्रबार ब्राण्डओमाथि ६ महिने प्रतिबन्धको घोषणा गरेको छ । अब उनले लिग वानको २१ खेल गुमाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment