Comments Add Comment

पहिलो डोजर चालक महिला सम्मानित

Dozer
४ असोज, गोरखा । १८ वर्षदेखि डोजर चलाउँदै आएकी गोरखा बोर्लाङ-४ को मुना घिमिरे (श्रेष्ठ) लाई हेभी इक्वीपमेन्ट व्यवसायी सङ्घले शुक्रबार सम्मान गरेको छ ।

सङ्घको देउराली गाविसस्थित अबुँवामा शुक्रबार भएको तेस्रो अधिवेशनको अवसरमा चालक घिमिरेलाई सम्मानपत्रबाट सम्मान गरिएको हेभी इक्वीपमेन्ट व्यवसायी सङ्घका अध्यक्ष सूर्य भण्डारीले जानकारी दिए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, हेभी इक्वीपमेन्ट व्यवसायी सङ्घका निवर्तमान जिल्ला अध्यक्ष फणीन्द्र भट्ट र केन्द्रीय अध्यक्ष ताराबहादुर कुँवरले संयुक्तरुपमा मुनालाई सम्मान गरेका हुन् ।

मुनाले १६ वर्ष हुँदादेखि डोजर चलाउन थालेकी थिइन् । उनले नेपालमा पहिलो पटक डोजरचलाउने अनुमतिपत्र लिएकी थिइन् । त्यसैले उनलाई पहिलो महिला डोजर चालक भनिएको हो । रासस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment