Comments Add Comment

तस्वीरमा डोल्पा : पानीको रंग फेर्छ फोक्सुण्डो ताल !

Dolpa-650-(1)

शब्द/तस्विर : भरतबन्धु थापा

४ असोज, काठमाडौंं । एकैछिनमा गाडा नीलो, एकैछिनमा फिक्का । पानीको रंग यसैगरी परिवर्तन गरिरहन्छ डोल्पाको फोक्सुण्डो तालले ।

जब फ्रान्सेली नागरिक एरीक भ्यालीले डोल्पालाई आधार बनाएर क्याराभान फिल्म निर्माण गरे, त्यसबेलादेखि फोक्सुण्डो तालको सुन्दरता विश्वसामु थप प्रसारित भयो । यही कारणले हुनुपर्छ, डोल्पामा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च नागरिक भेटिन्छन् । गायक अमृत गुरुडको ‘सा कर्णाली’ले पनि डोल्पाको सुन्दरतालाई थप आकषिर्त गरेको छ ।

फोक्सुण्डो ताललाई नेपालकै सबैभन्दा गहिरो र ठूलो मानिन्छ । यो समुद्री सतहबाट ३ हजार ६ मिटर उचाइमा छ । यसको गहिराइ ६५० मिटर छ । फोक्सुण्डो तालको अर्को विशेषता यहाँ कुनै पनि जलचर जीव पाइँदैनन् । फोकसुण्डोबाट निस्केको झरना निकै ठूलो छ ।

पर्यटकका लागि तालनजिकै बास बस्ने ठाउँ रिग्मो गाउँ भेटिन्छ । प्राकृतिक सुन्दरताले निकै धनी छ डोल्पा । तर, सडकले नछोएको डोल्पा पुग्ने एकमात्र विकल्प हवाइजहाज हो । नेपालगञ्जदेखि जुफालसम्मको हवाइजहाजको यात्रापछि सुरु हुन्छ फोक्सुण्डो यात्रा ।

जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जानचार घण्टाको यात्रा गर्नुपर्छ । एयरपोर्टबाट दुनै जाने र फोकसुण्डो जाने बाटो फरक-फरक छन् ।

Dolpa-650-(2)जुफाल एयरपोर्टदेखि फोक्सुण्डो पुग्न दुई दिनको यात्रा गर्नुपर्ने हुन्छ । पहिलो दिन सेप्कामा बास बसेपछि दोस्रो दिन फोक्सुण्डो पुग्न सकिने बताउँछन् एक्सप्लोर डोल्पोका प्रबन्ध निर्देश जितेन्द्र झाँक्री । झाँक्री भन्छन्- ‘डोल्पाको सुन्दरताले जति महत्व पाउनुपर्ने हो, त्यति पाउन सकेको छैन । डोल्पाको पर्यटनले राज्यबाट न्याय पाउन सकेको छैन ।’

डोल्पामा पर्यटक आउनका लागि नियमित हवाइ उडान नहुनु प्रमुख कारण रहेको तर्क गर्छन् निर्देशक झाँक्री । उनी भन्छन्- ‘यसका लागि राज्यले उचित नीति ल्याएको खण्डमा डोल्पालाई विदेशमा चर्चित बनाउन सकिन्छ ।’

त्यसो त डोल्पालीहरु प्राकृतिक सुन्दरताले मात्रै होइन, कला र संस्कृतिले पनि उत्तिकै धनी छन् । अभाव छ केवल राज्यको ध्यानदृष्टिको ।

Dolap-960-(1) Dolap-960-(3) Dolap-960-(4) Dolap-960-(5) Dolap-960-(6) Dolap-960-(7) Dolap-960-(8) Dolap-960-(9) Dolap-960-(10) Dolap-960-(11) Dolap-960-(12)

Dolap-960-(2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment