Comments Add Comment

ज्ञानेन्द्रलाई भेट्न बाबुराम भट्टराई नर्भिकमा

५ असोज, काठमाडौं । हृदयघात भर्इ अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न एमाओवादी नेता डा. बाबुराम भट्टराई नर्भिक पुगेका छन् ।

Babauram-and-gyanendraभट्टराईले अस्पतालमा पुगेर ज्ञानेन्द्रलाई भेटी शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ‘मानवीय नाताले स्वास्थ्यलाभको कामना गर्न उहाँलाई भेटेको हुँ’ भेटपछि भट्टराईले अनलाइनखबरसँग भने-‘उहाँ हँसमुख अवस्थामा देखिनुहुन्थ्यो ।’

बाबुराम र पूर्व राजा ज्ञानेन्द्रको यो पहिलो भेट समेत हो ।

भेटेर फर्कने क्रममा डा. भट्टराईले अस्पताल परिसरमा राखिएको पुस्तिकामा हस्ताक्षर समेत गरेका छन् । भट्टराईले पुस्तिकामा ‘पूर्वराजा ज्ञानेन्द्र शाहको शिघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु’ भनी लेखेका छन् ।

शनिबार राति हृदयघात भएपछि पूर्वराजा ज्ञानेन्द्रलाई नर्भिकमा भर्ना गरिएको छ । शाहको स्वास्थ्यलाभको कामना गर्दै उनका समर्थक तथा शुभचिन्तक अस्पतालमा जम्मा भएका छन् ।

उपचारको क्रममा कोरोनरी रत्तनलीलाई एन्जियोप्लाष्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको छ । शाहको स्वास्थ्य स्थीर रहेको उनका निजी सचिव फणिराज पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment