Comments Add Comment

बाढी तथा पहिरो पीडितका लागि चीनको ३ करोड १० लाख सहयोग

१२ असोज, काठमाडौं । चीनले बाढी तथा पहिरो पीडितहरूका लागि ३ करोड १० लाख सहयोग गरेको छ ।

चीनको दक्षिणपूर्वी क्षेत्रको युनान प्रान्तीय सरकारबाट तर्फबाट दिइएको सहयोग रकमको चेक चिनियाँ राजदूत उ चुन्ताईले कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई हस्तान्तरण गरेका छन् ।

नेकपा संयुक्तको तर्फबाट महासचिव सुनिल मानन्धरले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी २५ हजारको चेक गौतमलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा असोज १० गतेसम्म विभिन्न २०८ संघ संस्था तथा व्यक्तिबाट ३८ करोड ८६ लाख ३६ हजार रुपैया जम्मा भइसकेको छ ।

त्यसमध्ये राहत वितरण, पुनर्स्थापना तथा पुननिर्माणको लागि गृह मन्त्रालयलाई ३२ करोड २६ लाख ९ हजार निकासा दिइएको पनि सचिव सुवेदीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment