Comments Add Comment

दसैंलाई हिन्दुको मात्र चाड भन्नु पर्ने माग राख्दै जनजातिको धर्ना

Janajati-Dharna

१४ असोज, काठमाडौं । सबै धर्म संस्कृतिको चाडपर्वलाई समान व्यवहार गर्न माग गर्दै धर्म निरपेक्ष कार्यान्वयन अभियानले धर्ना दिएको छ ।

विहान १० बजेबाट भद्रकालीमा सुरु भएको धर्नामा अभियानका संयोजक आङकाजी शेर्पा, बैद्य माओवादीका नेता सुरेश आलेमगर लगायतका जनजाति नेताहरु सहभागी थिए ।

अभियानले दसैं सबै नेपालीले नमान्ने र अन्य देशका नागरिकले समेत मान्ने भन्दै यसलाई नेपालीको नभइ हिन्दुहरुको चाड भनेर सम्बोधन गर्न माग गरेको छ ।

दसैं र शिवरात्रीमा सैनिक मञ्च टुडिखेलमा सेनाले तोप पड्काए जस्तै सबै धर्म संस्कृतिको चाड साकेला, भूमे पूजा, उधौली उभौली, तमु, सोमान, ग्याब्लो ल्होसार, छठ, म्हपूजा, माघी, इद, क्रिस्मस लगायतमा पनि बढाँइ गर्न माग गरेको छ । सेना प्रहरी र निजामति सेवामा रहेका गैरहिन्दुलाई इच्छा विपरित दसैंको टिका ग्रहण गराउन नहुने, सेना र प्रहरीको व्यारेक तथा सरकारी अस्पताल हाताका पूजा स्थलहरुमा हिन्दु धर्मको देवीदेवतासँगै बौद्ध, किरातसहित सबै धर्मको देवीदेवता राख्नु पर्ने माग गरेको छ ।

अभियानले सेना प्रहरी र सशस्त्रको गुल्मको नाम हिन्दु संस्कृति आधारमा मात्र राखिएको भन्दै समावेशी धर्मसंस्कृतिको आधारमा नामाकरण गर्नु पर्ने माग गरेको छ । दसैंका नाममा भत्ता दिन नहुने भन्दै आफ्नो चाड अनुसार भत्ता दिने वा समावेशी चाडपर्व भनेर नामाकरण गर्नु पर्ने आन्दोलनकारीको माग छ ।

अभियानले दसैंमा सरकारी सवारी पूजामा बली दिँदा राज्यको ढुकुटीबाट करोडौं खर्च भएको भन्दै पशु बली रोक्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment