Comments Add Comment

धुमधामका साथ भित्र्याइयो बडा दसैंको फूलपाती

fulpati

१५ असोज, काठमाडौं । बडादसैँको सातौँ दिन आज घरघरमा विधिपूर्वक नवपत्रिका अर्थात् फूलपाती भित्रयाइयो ।

नवपत्रिका अर्थात् फूलपातीका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्रयाई शक्तिको प्रतीकका रुपम प्रत्येक फूलपातीमा छुट्टाछुट्टै देवीको पूजा गरियो ।

आश्विन शुक्ल प्रतिपदाका दिन विधिपूर्वक सुरु गरिएको दुर्गापूजाका क्रममा महाअष्टमी, महानवमी र विजयादशमीका दिनमा विशेषपूजाका लागि शुभ साइतस्वरुप नवपत्रिका अर्थात् फूलपाती भित्रयाउने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

परम्परागतरुपमा हनुमानढोका दरबारमा भने आज अपराहृन गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्रयाइएको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंहले जानकारी दिए ।

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्रयाउने समारोहमा राजा आफैँ उपस्थित हुने गरेकोमा गणतन्त्रको स्थापनापछि भने यो समारोहमा संस्कृति मन्त्रीको उपस्थिति हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment