Comments Add Comment

चेल्सीलाई ५ अंकको अग्रता

Cesc Fabregas

२ असोज, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ५ अंकको अग्रता कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गर्दा सेस फेब्रिगासले चेल्सीका लागि प्रिमियर लिगमा पहिलो गोल समेत गरे ।

चेल्सी डिएको कोष्टा विना मैदान उत्रिएको थियो । छैटौं मिनेटमा ओस्कारले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

तर, ४० औं मिनेटमा सिजनले रातो कार्ड पाएपछि चेल्सी दबावमा आयो । ४३ औं मिनेटमा क्रिष्टल प्यालेसका डेमियन डेलानेले पनि रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा सिमित भयो ।

५१ औं मिनेटमा ओस्कारको पासमा फेब्रिगासले गोल गरे । चेल्सीका लागि प्रिमियर लिगमा उनको यो पहिलो गोल हो भने प्रिमियर लिगमा सन् २०१० पछिको पहिलो गोल हो ।

खेलको ९० औं मिनेटमा क्यापबेलले गोल गरे पनि क्रिष्टल प्यालेसको हार टार्न सकेनन् ।

अर्को खेलमा आर्सनलले हल सिटीसँग २–२ को बराबरी खेलेको छ । अन्तिम मिनेटमा ड्यानी वलेब्लेकले गोल गरेपछि आर्सनलको हार टरेको थियो ।

१३ औं मिनेटमा एलेक्स सान्चेजले गोल गर्दैै टोलीलाई अग्रता दिलाएका थिए । तर, १७ र ४६ औं मिनेटमा हल सिटीले गोल गरेपछि आर्सनल पछि परेको थियो ।

यस्तै साउथह्याम्पटनले सण्डरल्याण्डलाई ८–० ले पराजित गरेको छ । जसमा दुई गोल उपहार गोल थियो । यो प्रिमियर लिगको फराकिलो जित मध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment