Comments Add Comment

नदीमा डुवेर एकको मृत्यु, एक बेपत्ता

४ कात्तिक, रौतहट । रौतहटको इनर्वा गाविसस्थित लाल बकैया नदीमा नुहाउन गएका एक बालकको मंगलवार साँझ डुवेर मृत्यु भएको छ । एक बालिका बेपत्ता भएकी छन् ।
इनर्वा गाविस ७ का विसुनदेव महतोका ७ बर्षका छोरा दिपेश महतोको मृत्यु भएको हो भने १२ वर्षकी पुनम कुमारी महतो बेपत्ता भएकी छन् । दिदीभाइ मिलेर खोलामा नुहाउन गएका थिए ।
चौपायाका लागी घास लिएर घर तर्फ आउने क्रममा नजिकै रहेको लाल बकैया नदीमा नुहाउन पसेका दिदी भाइ डुब्दै गरेको देखेपछि अन्य बालबालिकाले गाउँमा खवर गरेका थिए । खबर पाउना साथ उद्दारका लागी पुगेका स्थानीयले बचाउन निकै प्रयास गरेपनि दिपेशलाई चाँडै उद्दार गरिएपनि बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
दिपेशको मृत शव फेला परेपनि अहिले सम्म दिदी पुनम वेपत्ता नै रहेकीछन् ।
गौतम श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment