Comments Add Comment

पानीका कारण नेपाल र अमेरिकाको खेल स्थगित

e 6

१० कात्तिक, क्वाललाम्पुर । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण स्थगित भएको छ । मंगलबार फेरि खेल हुनेछ ।

अमेरिकाले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, नेपालले जवाफी व्याटिङ गर्न नपाइ पानी पर्‍यो ।

पानी रोकिएपछि खेल ३० ओभरमा छोट्याइयो र नेपालले १६२ रनको नयाा लक्ष्य पायो । जवाफी व्याटिङमा खराव सुरुवात गरेको नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै २७ रन बनाउादा फेरि पानी परेपछि खेल स्थगित भएको घोषणा गरिएको थियो ।

यसअघि किनरारा ओभलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ४७.३ ओभरमा २०४ रनमा अलआउट भयो । २४ रन जोड्दा भरपर्दा व्याट्सम्यान टेलरलाई गुमाएको अमेरिकाको पारी स्टीभ मसिहा र बाबरले सम्हालेका थिए । मसिहा र बाबरले ११२ रनको साझेदारी गरे ।

Basanta (2)

२७.४ ओभरमा सागर पुनले बाबरको विकेट लिएपछि अमेरिकाको पारी धरासायी हुन सुरु भएको थियो । बाबर ४७ रनमा आउट भए । अर्को ओभरमा शक्ति गौचनले मसिहालाई ७४ रनमा पभेलियनको बाटो देखाए ।

नेपालका लागि सोमपाल कामीले ९ ओभरमा एक मेडन राख्दै ३७ रन दिएर तीन विकेट लिए । नेपाललाई पहिलो सफलता दिलाउने क्रममा सोमपालले टेलरको विकेट लिएका थिए ।

शक्ति, सागर पुन र बसन्त रेग्मीले समान २-२ विकेट लिए ।

Paras Sakti 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment