+
+
Shares

स्पर्श लघुवित्तको आईपीओे बाँडफाँट, २५ हजारको भागमा १० कित्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १०:३२

१० चैत, काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफँट गरिएको छ । संस्थाले निश्काशन गरेको आईपीओ आइतबार बिहान बिक्री प्रवन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।

संस्थाको आईपीओ २५ हजार २ सय जनाले प्रति व्यक्ति १० कित्ताका दरले पाएको सानिमा क्यापिटलले जनाएको छ । आईपीओमा ३ लाख ३ हजार ४४ जनाले ८३ करोड २७ लाख ६३ हजार रुपैयाँ बराबरको आईपीओका लागि आवेदन परेको थियो ।

कम्पनीले गत फागुन २६ गतदेखि फागुन २९ गतेसम्म २ लाख ६९ हजार ६३० कित्ता सेयर निष्कासन गरेको हो ।

यसमध्ये ०.५५ (४ हजार १४८ कित्ता) कर्मचारीलाई र ५५ (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको संस्थाले जनाएको छ ।
आइतबार गरिएको बाँडफँटमा कुल आवेदकमध्ये ८ दशमलव ३२५ ले मात्र सेयर पाएका छन् ।

स्पर्शले आईपीओ बिक्रीबाट आउने रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जामा उपयोग गर्ने जनाएको छ ।

यस्तै, खुद्रा व्यापार तथा सेवा कर्जामा ४० लाख र साना तथा घरेलु उद्योग कर्जामा २९ लाख ६३ हजार रुपैयाँ उपयोग गर्नेछ । यस लघुवित्तले आईपीओ बिक्री गरी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?