Comments Add Comment

सप्तरीमा हतियार भेटियो

weapons१४ कात्तिक, सप्तरी । सशस्त्र प्रहरी टोलीले सप्तरीको विषहरिया गाविस ५ स्थित पिपराहीबाट शुक्रबार अवैध हतियार बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरीबाट खटिएको टोलीले सो ठाउँबाट चार थान भरुवा बन्दुक, एउटा स्टेन गन र दुई थान म्याग्जिन बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।

ती हतियारहरु नहर छेउको झाडीमा लुकाइराखेको अवस्थामा फेला परेको हो । बरामद हतियार तत्कालै स्थानीय प्रहरीलाई बुझाएको शर्माले बताए । बरामद भएका अवैध हतियारहरु खिया लागेको अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment