२७ कात्तिक, काठमाडौं । भारतीय व्याट्सम्यान रोहित शर्माले एकदिवसीय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् । उनले श्रीलंकाविरुद्ध २६४ रन बनाएका छन् ।
रोहितको कीर्तिमानको मदतमा भारतले चौथो एकदिवसीयमा भारत १५३ रनको फराकिलो अन्तरले विजयी भएको छ ।
श्रीलंकाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा रोहितले भारतका वीरेन्द्र सेहवागको नाममा रहेको २१९ रनको कीर्तिमान तोडे ।
अन्तिम बलमा भने क्याटआउट भएका रोहितले १७३ बलको सामना गरेका उनले ३३ चौका र ९ छक्का हाने ।
एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने तीनै व्याट्सम्यान भारतीय छन् । रोहितसँगै सेहवाग र सचिन तेन्दुलकरले दोहोरो शतक बनाएका छन् । सचिनले २०० रन बनाएका छन् ।
रोहितले सन् २०१३ को नोभम्बर २ मा अष्ट्रेलियाविरुद्ध २०९ रन बनाएका थिए ।
रोहितको दोहोरो शतकसँगै भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४०४ रन बनायो । जवाफमा श्रीलंका ४३.१ ओभरमा २५१ रन बनाउादा अल आउट भयो ।
प्रतिक्रिया 4