+
राष्ट्रिय लिग फुटबल :

विभागीय डर्बीमा आर्मीलाई हराउँदै एपीएफ शीर्षस्थानमा उक्लियो

२०८२ फागुन  २८ गते २०:५२ २०८२ फागुन २८ गते २०:५२
विभागीय डर्बीमा आर्मीलाई हराउँदै एपीएफ शीर्षस्थानमा उक्लियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एपीएफ क्लबले राष्ट्रिय लिग फुटबलको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको छ।
  • एपीएफले १० खेलमा २४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ भने मछिन्द्र दोस्रो र आर्मी तेस्रो स्थानमा छन्।
  • सबिन गुरुङले ७६औं मिनेटमा एकमात्र गोल गरेपछि 'प्लेयर अफ द म्याच' घोषित भएका छन्।

२८ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबार साँझ भएको विभागीय डर्बीअन्तर्गतको खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई १-० ले हराउँदै शीर्षस्थानमा पनि उक्लिएको छ ।

जितपछि एपीएफको १० खेलमा २४ अंक भएको छ । २२ अंक भएको मछिन्द्र दोस्रोमा झरेको छ भनर् १० खेलमा २० अंक भएको आर्मी तेस्रोमा यथावत् छ ।

एपीएफको जितमा सबिन गुरुङले एकमात्र गोल गरे । उनले खेलको ७६औं मिनेटमा गोल गरे । उनी नै ‘प्लेयर अफ द म्याच’ चुनिए ।

आज विहान भएको खेलमा चर्च ब्वाइज विजयी भएको थियो भने अपरान्ह भएको खेलमा संकटा क्लब विजयी भएको थियो ।

तस्वीर : एन्फा

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय