+
राष्ट्रिय लिग फुटबल :

रिचर्डको दुई गोलमा चर्च ब्वाइजले कांक्रेविहारलाई हरायो

२०८२ फागुन  २८ गते १३:०८ २०८२ फागुन २८ गते १३:०८
रिचर्डको दुई गोलमा चर्च ब्वाइजले कांक्रेविहारलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा कांक्रेविहार क्लबलाई २-१ ले पराजित गरेको छ।
  • रिचर्ड कोफी विल्सनले सातौं र ३९औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए।
  • सुदेन विश्वकर्माले ६६औं मिनेटमा कांक्रेविहारको लागि एक गोल गरेका थिए।

२८ फागुन, काठमाडौं । विदेशी खेलाडी रिचर्ड कोफी विल्सनले दुई गोल गरेपछि राष्ट्रिय लिग फुटबलमा बिहीबार चर्च ब्वाइज युनाइटेडले सुर्खेतको कांक्रेविहार क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइज २-१ ले विजयी भएको हो । कांक्रेविहारका लागि सुदेन विश्वकर्माले गरेको गोल सान्त्वना बन्यो ।

रिचर्डले खेलको सातौं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा उनले दोस्रो गोल गर्दै पहिलो हाफमा टोलीलाई २-० ले अगाडि राखे ।

दोस्रो हाफको ६६औं मिनेटमा सुदेनले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि त्यसपछि थप गोल हुन सकेन ।

जितपछि चर्च ब्वाइजले ८ खेलमा १९ अंक जोडेको छ भने कांक्रेविहारले ९ खेलमा १ अंक मात्र जोडेको छ ।

कांक्रेविहार क्लब चर्च ब्वाइज युनाइटेड राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय