+

राष्ट्रिय लिगमा संकटाले श्री भगवती क्लबलाई हरायो

२०८२ फागुन  २८ गते १७:३१ २०८२ फागुन २८ गते १७:३१
राष्ट्रिय लिगमा संकटाले श्री भगवती क्लबलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलअन्तर्गत संकटा क्लबले श्री भगवती क्लबलाई १-० गोलअन्तरले पराजित गरेको छ।
  • संकटाका कृष्णबहादुर आलेले खेलको दोस्रो हाफको ६९औं मिनेटमा एकमात्र गोल गरेका थिए।
  • संकटाले १० खेलमा १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ।

२८ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत बिहीबारको दोस्रो खेलमा संकटा क्लबले श्री भगवती क्लबलाई १-० गोलअन्तरले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा संकटाको जितमा एकमात्र गोल कृष्णबहादुर आलेले गरे । उनले खेलको दोस्रो हाफको ६९औं मिनेटमा गोल गरेका थिए ।

जितपछि संकटा १० खेलमा १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

आजै भएको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले कांक्रेविहार क्लबलाई पराजित गरेको थियो ।

आजै साँझ हुने तेस्रो खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । खेल दशरथ रंगशालामै हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय