+

नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना नियुक्त

२०८२ फागुन  २८ गते १७:२१ २०८२ फागुन २८ गते १७:२१
नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेनालाई नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
  • एरेनाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार एन्फा महासचिव किरण राईबाट नियुक्तिपत्र प्राप्त गरेका छन् ।
  • उनको पहिलो जिम्मेवारी आगामी मार्च २६ मा दशरथ रंगशालामा हुने नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल हुनेछ ।

२८ फागुन, काठमाडौं । नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त भएकाका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एरेनालाई आधिकारिक रुपमा मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।

यस्तै गुग्लिएल्मो एरेनाले आधिकारिक नियुक्तिपत्र लिएका छन् । उनले बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा एन्फाका महासचिव किरण राईबाट नियुक्तिपत्र प्राप्त गरेका हुन्।

अब उनले यसअघि राजीनामा दिएका अस्ट्रेलियन म्याट रोसको स्थान लिनेछन् । म्याट रोसले कात्तिकमा राजीनामा दिएका थिए ।

स्विट्जरल्यान्डमा जन्मिएका ५२ वर्षीय प्रशिक्षक इटालियन प्रशिक्षक एक साताअघि नै नेपाल आइसकेका थिए । तर उनलाई एन्फाले बिहीबार मात्र प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक एरेनाको मुख्य प्रशिक्षको रुपमा पहिलो जिम्मेवारी हङकङविरुद्धको मैत्रीपूर्ण खेल हुनेछ । नेपालले यही मार्च २६ (चैत १२ गते) दशथ रंगशालमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

हङकङविरूद्धको खेलपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओस विरुद्ध खेल्दैछ । त्यस खेलमा पनि एरेनाले नेपालको प्रशिक्षण हेर्नेछन् ।

एरेनासँग जाम्बिया र मोरक्को लगायत विभिन्न देशको लिगमा काम गरिसकेको अनुभव छ । यस्तै उनले लाओसको यू-२३ टोलीको प्रशिक्षकको रुपमा पनि काम गरेका थिए ।

गुग्लिएल्मो एरेना नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय