News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले चैत १२ गते दशरथ रंगशालामा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ।
- नेपालले चैत १७ गते लाओससँग एएफसी एसियन कप २०२७ को तेस्रो चरण छनोट अन्तर्गत खेल्नेछ।
- नेपाल र हङकङबीच यो एक वर्षमा दोस्रो पटक मैत्रीपूर्ण खेल हुनेछ, जुन गत वर्ष गोलरहित बराबरीमा सकिएको थियो।
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले आउने चैतमा घरेलु मैदानमा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।
नेपाल र हङकङबीच आउँदो चैत १२ (मार्च २६) मा दशरथ रंगशालामा उक्त खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एएफसी एसियन कप २०२७ को तेस्रो चरण छनोटको अन्तिम खेफमा लाओससँग खेल्नुअघि नेपालले हङकङसँग खेल्न लागेको हो ।
एसियन कपमा पुग्ने होडबाट बाहिरिसकेको नेपालले लाओससँग चैत १७ गते (मार्च ३१) खेल्दैछ ।
नेपालले हङकङसँग एक वर्षमा दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । गत वर्ष जुनमा भएको मैत्रीपूर्ण खेलमा नेपालले हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो ।
यस्तै नेपालले हङकङसँग तेस्रो पटक खेल्न लागेको हो । सन् १९८८ मा काठमाडौंमै यी दुईबीच भएको पहिलो खेल पनि गोलरहित बराबरीमै सकिएको थियो ।
प्रतिक्रिया 4