Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको, भेरीमा यात्रुबाहक बस खसेको, सरकारी कार्यालय बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले भेरीमा खसेको बसका यात्रुमध्ये ६ को शव भेटिएको, ४० जना बेपत्ता रहेको, एटीएम ठगी गर्ने विदेशी नागरिक पक्राउ परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले संविधानका विवादित मुद्दा समाधानका लागि कांग्रेस एमालेको प्रस्तावमा मधेसवादी दल सकारात्मक भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले मोर्डमा हर्न नदिँदा बस दुर्घटना भएको, सार्कको कार्यक्रम स्थलमा बडिगार्डलाई प्रवेश नदिने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले सार्कको सूचना खोज्न मात्रै एक करोड खर्च भएको, सहमति जुटाउन ओलीको पहल, आशिंक उपलब्धि, मूल काम अझै बाँकी रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment