Comments Add Comment

इङल्याण्डका अलिले एकै ओभरमा हाने ६ चौका

moeen_ali५ मंसिर, कोलम्बो । श्रीलंका भ्रमणमा रहेको इङल्याण्ड टीमका अलराउन्डर मोइन अलिले एकै ओभरमा ६ चौका प्रहार गरेका छन् ।
श्रीलंकाको ए टिम बिरुद्ध शुक्रबार भएको खेलमा उनले इङग्ल्याण्ड ११ का लागि अर्धसतकसमेत बनाए ।
दोस्रो ओभरका ६ वटै बलमा उनले चौका प्रहार गरे । उनले लेग स्पिनर विश्वा फर्नान्डोको ओभरमा ६ चौका प्रहार गरे । उनले खेलमा १० चौका र १ छक्का सहित ५६ रन बनाए । साथै उनले ३ विकेट पनि लिएका थिए ।
श्रीलंका ए ले दिएको १९९ रनको लक्ष्य खेल इङग्ल्याण्डले डि एल मेथडमा ५६ रनले विजयी भयो । २६ नोभेम्बरदेखि श्रीलंका र इङग्ल्याण्बिच ७ वटा एकदिवसिय खेलको श्रृङखला सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment