Comments Add Comment

अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यूजको निधन

phil-hughesटाउकोमा चोट लागेर अस्पतालमा उपचार गराइरहेका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यूजको निधन भएको छ ।
मंगलवार सिड्नीको एसजीसी क्रिकेट मैदानमा न्यू साउथवेल्स र दक्षिण अष्ट्रेलिया राज्यवीचको खेलमा उनी घाइते भएका थिए ।
घाँटीमा बल लागेर ढलेका उनलाई तत्कालै उपचारका लागि सिड्नीको सेन्ट भेन्सेन्ट अस्पताल भर्ना गरिएको थियो । बल लागेको केहीबरेसम्म पनि उनी केही नभएझै गरी सामान्य प्रतिक्रिया दिएका थिए । तर, पिडा खप्न नसकी अचानक भुइँमा ढलेपछि बल्ल टीमका सदस्यले उनी घाइते भएको चाल पाएका थिए ।
२५ बषिर्य ह्यूजको आज बिहान निधन भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । आईसीयुमा भर्ना गरेपछि उनको होस खुलेको थिएन ।
२० बर्षको उमेरमा सन् २००९ मा टेष्ट खेल्न थालेका ह्यूग्सले आफ्नो क्रिकेट करियरमा २६ वटा टेष्ट खेले ।
दोस्रो टेष्ट म्याचमै उनले एकै म्याचमा दुई सेन्चुरी हानेका थिए ।

दुर्भाग्य अाफ्नै २६ अाैं जन्मदिन मनाउन तीन दिन पहिले उनी यो सन्सारबाट बिदा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment